क्षेत्रीय स्तर रुही अभियान र सेवा प्रयोजना, कोहलपुर

सेवा प्रयोजना, कोहलपुर

अप्रिल १५ देखि कोहलपुर स्तिथ कार्यालयमा रुही १ र ५ को अभियान सम्पन्न भयो | उक्त अभियानमा दांग गोबर्दिया, उत्तर बाँके, रुकुम, सल्यान  थदरा, सल्यान सल्लीबजार, बैतडी, बझांग, दांग सतबरिया, बाँके नेपालगंज, सुर्खेत छिन्चु, सुखड कैलाली, पूर्व बर्दिया र पूर्व कंचनपुर आदि गरि  १३ वटा विभिन्न क्लस्टरहरुबाट ४३ सहभागीहरुको उपस्थिति रहेको थियो | उहाँहरुले रुही किताब १ अध्ययन गरि रुही किताब ५को अध्ययनको क्रममा सेवा प्रयोजनाको बारेमा सिक्नु भयो |
.
आन्तिम दिनको खुल्ला छलफलको क्रममा सहभागीहरुले सेवा प्रयोजना गर्ने प्रस्ताव राखनु भयो | उहाँहरुले कार्यालय वोरपर सरसफाई गर्ने निर्णय गर्नुभयो | सबै साथीहरुले त्यस क्रियाकलापमा भाग लिनुभयो | 
.
बाटोमा हिड्ने अरु मानिसहरुले कुन संस्थाबाट आउनुभएको र कति पैसा पाउनु हुन्छ भनेर सोधपुछ गर्नु भएको थियो | सहभागी मित्रहरुले सजिलै हामी पश्चिम क्षेत्रीय बहाई परिषदबाट हौँ र हामी सेवाकार्य गर्दैछौं भन्नु भयो | र यस सेवाकार्य गरे बापत हामीले कुनै पैसा पाउंदैनौ, हामीले रुही किताब ५ अध्ययन गरेका थियौं र त्यसको व्यावहारिक क्रियाकलाप गरिरहेकाछौं भनि जवाफ दिनुभयो |
 .
सहभागीहरुले आफुहरु बहाई भएको कुरा पनि बताउनुभयो र त्यो कुरा सुनेर ती मानिसहरु बहाई धर्मको बरेमा सुन्न धेरै उत्साहित थिए | त्यो हम्रोलागि शिक्षण गर्ने एउटा सुवर्ण आवसर प्राप्त भएको थियो | उहाँहरु बहाई धर्मले धर्मको कुरा मात्र नसिकाएर समाज सुधारको शिक्षाहरु पनि दिन्छ भन्ने थाहा पाएर आझ धेरै प्रसन्न हुनु भयो र सहभागीहरु बहाई मात्र नभई धर्मका मित्रहरु पनि हुनुहुदो रहेछ र उहाँहरुले पनि धर्मको प्रचार प्रसार गरिरहनुभएको कुरा थाहा पाएर जिज्ञासुहरु साह्रै खुशी हुनुभयो | 
.

This slideshow requires JavaScript.

Leave a Reply