बहाई धर्मको शिक्षा र सिद्धान्तहरू

शिक्षा र सिद्धान्तहरू :

विश्वका हजारौं हजार स्थानहरूमा बहाई धर्मको शिक्षाहरूले ती व्यक्तिहरू र समुदायहरूलाई प्रेरणा दिन्छ, जो आफ्नो जीवन उन्नत बनाउन र आफ्नो योगदान दिएर सभ्यताको विकासमा  योगदान दिन्छन् |

बहाई धर्मका शिक्षाहरू : 

  • ईश्वर र धर्मको एकता
  • मानवजातिको एकता र पूर्वाग्रहबाट मुक्ति
  • मानवमा अन्तर्निहित श्रेष्ठता
  • धार्मिक सत्यको प्रगतिशील प्रकाशन
  • आध्यात्मिक गुणहरूको विकास
  • आराधना र सेवालाई एकीकृत रूपमा मुल्यांकन
  • स्त्री र पुरूषको मौलिक समानता
  • धर्म र विज्ञानबीच सामन्जस्य
  • सबै मानवीय प्रयत्न प्रति न्यायको एकरूपता
  • शिक्षाको महत्व

र जसै-जसै मानवजाति सामूहिक परिपक्वतातर्फ अझ अग्रसर हुन्छन्, सम्बन्धहरुको गतिशिलताले व्यक्तिहरू, समुदायहरू तथा संस्थाहरूलाई एकै साथ जोड्दछ।

बहाई मान्यताहरूलाई अझ राम्ररी बुझ्नकालागि तपाईं बहाई सन्दर्भ ग्रंथालय को पान्ना हेर्न सक्नु हुन्छ जहाँ तपाईं बाब,  बहाउल्लाह र अब्दुल-बहाका लेखनिहरु पढ्न सक्नु हुनेछ; साथै, शोघि एफेंदीले लेख्नुभएको किताबहरू र विश्व न्याय गृहको वक्तव्यहरू तथा पत्राचारहरूको संकलन पनि पाउन सक्नु हुन्छ |

 

For More Information: Pls visit www.bahai.org or National Bahai Centre of Nepal:

राष्ट्रिय बहाई केन्द्र, नेपाल
651 , Prayag Marg, Shantinagar Kathmandu, Nepal
Phone : 01-4481787 , Email : bahainsa.nepal@gmail.com
Web: www.bahaisofnepal.org
Time : Monday-Friday 10AM -6PM , Sunday 10.00-6.00PM

One Comment Add yours

  1. Sachin pande says:

    अतिसुन्दर साइट र शिक्षाहरु।

Leave a Reply