भूकम्पपीडितहरुका लागि राष्ट्रिय बहाई समुदाय नेपालले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ

मीडिया कवरेज | ईमेजखबर  Published: May 11, 2015  |  सोमबार 28 बैशाख, 2072  |  6:57 PM  

भूकम्पपीडितहरुका लागि इमेज च्यानलले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुनेक्रम जारी छ ।

 

पछिल्लोपटक सोमबार राष्ट्रिय बहाई समुदाय नेपालले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । काठमाडौंमा बहाई समुदायका अध्यक्ष राम अवतार रानाले इमेज गु्रप अफ कम्पनीज्का अध्यक्ष आर के मान्नधरलाई रकम हस्तान्तरण गरेका हुन् ।

रकमबुझ्दै इमेज गु्रप अफ कम्पनीज्का अध्यक्ष मानन्धरले सबैले आ–आफ्नो ठाउँबाट यस विपत्तिको घडीमा सहयोग गर्नुपर्ने बताए ।

महाभूकम्पले निम्त्याएको राष्ट्रिय महाविपत्तिमा मल्हम लगाउने उद्देश्यले इमेज च्यानलले नेपाल इन्भेस्टमेन्ट बैंकमा ‘इमेज च्यानल महाभूकम्पपीडित राहत सहयोग कोष–२०७२’ स्थापना गरेको छ ।

इच्छुक सहयोगी र दाताहरुले नेपाल इन्भेस्टमेन्ट बैंकको खाता नम्बर ००१०१०१०३१५५४८ मा बैंकको देश–विदेशमा रहेका जुनसुकै शाखाबाट रकम जम्मा गर्नसक्ने छन् । 

मीडिया कवरेज | ईमेजखबर

For More Information: Pls visit www.bahai.org or National Bahai Centre of Nepal:

राष्ट्रिय बहाई केन्द्र, नेपाल
651 , Prayag Marg, Shantinagar Kathmandu, Nepal
Phone : 01-4481787 , Email : bahainsa.nepal@gmail.com
Web: www.bahaisofnepal.org
Time : Monday-Friday 10AM -6PM , Sunday 10.00-6.00PM

 

Leave a Reply