नेपालमा बहाई धर्म

नेपालमा बहाई धर्मको शुरुवात

सगरमाथा र कञ्चनजङ्घाजस्ता विश्वका सबभन्दा उच्च र अति सुन्दर पर्वतहरू नेपालमा अवस्थित छन् । यस्तैगरि अन्य हिम श्रृङ्खलाहरू, पहाड, पर्वत, मैदान, उपत्याका, दुन, सम्म परेको मधेश र तराईले सुन्दरतामा झन् सुगन्ध छरिदिएको छ । यो देशमा अत्यन्तै अतिथिसेवी र सधैभरि प्रशत्ररहने मानिसहरू बस्दछन् । कुनै पनि यो देशमा भ्रमण गर्ने व्यक्तिले यस्तो सुन्दरता र नेपालीहरूलाई कहिल्यै पनि बिर्संदैनन् ।

nepalbahaihistory

बहाई प्रार्थना अनुसार :

“धन्य छ त्यो ठाउँ र त्यो घर, र त्यो स्थान र त्यो सहर, र त्यो हृदय, र त्यो पहाड, र त्यो आश्रय, र त्यो ओढार, र त्यो उपत्यका, र त्यो भूमि, र त्यो सागर, र त्यो द्वीप, र त्यो मैदान, जहाँ ईश्वरको नामको उच्चारण गरिन्छ र उनको स्तुति हुन्छ ।”
यस्तो आध्यात्मिक मानिसहरू बस्ने यो सुन्दर राष्ट्रमा पहिलो पटक बहाई धर्म १९५० मा औपचारिकमा आएको थियो । हुनत यो धर्मबारे पहिलो विश्व युद्ध पछि बझ्याङ्गका राजा जयपृथ्वीबहादुर सिंहले गहिरोसँग अध्ययन गर्नु भएको थियो र यस धर्मबारे बिभित्र देशमा गएर प्रवचन पनि दिनु भएको थियो ।

 

firstconventionnepal1972
श्री केदार प्रधान सिक्किमबाट आफ्नो परिवारसहित बहाउल्लाहको सन्देश लिएर नेपाल आउनु भएको थियो । त्यसबेला कुनै औपचारिकरुपमा बहाई प्रशासनिक संस्थाहरू नभएता पनि धेरै बहाई क्रियाकलापहरू संचालित थिए र धेरै मानिसहरूले बहाई धर्म स्वीकारेका थिए ।

पहिलो स्थानीय आध्यात्मिक सभाको निर्वाचन काठमाण्डौमा १९६०–१९६१ मा भएको थियो । यसैताका भक्तपुरमा बहाई समुदाय पनि थियो । पछि १९६० तिर, भारतको उत्तर प्रदेशबाट प्रो. पि.एन.राई आउनु भयो र बिरगञ्जमा धेरै क्रियकलापहरू संचान भए । यसै समयमा धेरै स्थानीय सभाहरूको गठन भयो । १९७० भित्र धर्मको विस्तार विराटनगरसम्म पुग्यो ।

 

Npalbahaiold
प्हिलो राष्ट्रिय आध्यात्मिक सभाको गठन १९७२ मा भएको थियो । नेपालको राजनीतिक परिस्थितिले गर्दा १९७५ देखि केही वर्षको लागि राष्ट्रिय आध्यात्मिक सभाको गठन हुन सकेछ । नेपालमा बहाई धर्मको मामला हेर्नको लागि एउटा प्रशासनिक समितिको गठन गरिएको थियो । १९८२ मा पुनः राष्ट्रिय आध्यात्मिक सभाको गठन भयो । उक्त वर्षदेखि अहिलेसम्म नियमितरुपमा हरेक वर्ष राष्ट्रिय आध्यात्मिक सभको गठन भइरहेको छ ।
१९८० देखि १९८२ सम्म बहाई धर्मको विस्तार सर्लाही, धनुषा, बारा, झपा, सिराहा र सप्तरीमा भयो भने १९८४ देखि १०९० सम्म यो धर्म बाँके, बर्दिया, दाङ्ग र कंचनपुरसम्म पुग्यो । १९९४ मा अर्घाखाँचीमा पनि एउटा स्थानीय आध्यात्मिक सभाको गठन भएको थियो ।

 

nepalbahaisold
जब विश्वमा प्रशिक्षण प्रतिष्ठानको प्रक्रिया शुरुभयो, मोरङ्ग, काठमाण्डौ, ललितपुर, बाँके, बर्दिया र कंचनपुरमा धेरै मानव संसाधनको विकास भयो र प्रतिष्ठान अभियान, अध्ययन कक्षा, बाल कक्षा, किशोर–किशोरी सशक्तीकरण कार्यक्रम र प्रार्थनासभाजस्ता समाज सेवाको लागि कार्यक्रमहरू संचालन भए ।

– राष्ट्रिय बहाई आध्यात्मिक सभा, नेपाल 

 

 

For More Information: Pls visit www.bahai.org or National Bahai Centre of Nepal:

राष्ट्रिय बहाई केन्द्र, नेपाल
651 , Prayag Marg, Shantinagar Kathmandu, Nepal
Phone : 01-4481787 , Email : bahainsa.nepal@gmail.com
Web: www.bahaisofnepal.org
Time : Monday-Friday 10AM -6PM , Sunday 10.00-6.00PM